लाहोर, पाकिस्तान, २४ मङ्सिर (रासस/एएनआई)
पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई उपचारका लागि अमेरिका लान उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाब दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहनुभएको छ ।
शरीफलाई अमेरिकी चिकित्सकको परामर्श लिन उहाँको उपचारमा रहेका चिकित्सकहरूले सल्लाह दिएका पाकिस्तानको मुश्लिम लिग–नवाज ९पीएमएल–एन० ले सोमबार जानकारी गराएको हो ।
पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उद्धृत गरी द ट्रिबुनले लेखेको छ, “पूर्व प्रधानमन्त्रीको मुटुबाट मष्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अबरूद्ध भएकोले उहाँलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ । तर स्वास्थ्य अवस्थाका कारण पूर्व प्रधानमन्त्री शरीफलाई लण्डनबाट अमेरिका लान चुनौति रहेको छ ।”
प्रवक्ताले भन्नुभयो, “पछिल्लो ‘पोजिट्रन इमिसन टोमोग्रफी ९पीइटी० स्कान’ रिपोर्टअनुसार उहाँको छिट्टै वायोप्सी परीक्षण हुनेछ र तत्काल जटील शल्यक्रिया गर्नुपर्ने देखिएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट विरामी शरीफको प्लेटलेट सङ्ख्यामा सुधार नदेखिएपछि उहाँको अवस्थाप्रति चिकित्सकहरू चिन्तित बनेका हुन् ।”
तीन पटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा काम गरेका ६९ बर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकमा उपचार सेवा लिइरहनुभएको छ ।