neapl investment mega bank

मङ्गोलियालाई एडिबीको सहयोग

Dec 6th, 2019

उलान बटोर, २० मङ्सिर (राससरसिन्ह्वा)

एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि करिब १६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

एडिबीले बिहीबार जारी गरेको विज्ञप्तिमा यो ऋणबाट मङ्गोलियामा वायू प्रदुषण रोकथाम गर्ने र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने सरकारको योजनामा मद्दत पुग्नेछ ।

मङ्गोलियाका लागि एडिबीका निर्देशक पावित रामचन्द्रनले राजधानी उलान बटोरको वायूको गुणस्तरमा निकै सुधार भए पनि शहरमा मानिसको स्वास्थ्य समस्या निकै जटिल रहेको बताउनुभयो ।
एडिबीले मङ्गोलियाका लागि उपलब्ध गराएको यो दोस्रो ऋण सहयोग हो ।

उलान बटोरमा करिब ८ लाखको बसोबास छ । नगरमा खानेपानी, विद्युत र ढल जस्ता आधारभूत सुविधाको निकै कमी छ ।

स्थानीयबासीले पर्याप्त विद्युतको अभावमा कमजोर गुणस्तरको कोइला र मटितेल बाल्ने गर्दछन् जसका कारण घरभित्र र बाहिरको वातावरण निकै प्रदूषित रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।