काठमाडौ, मंसिर २१
ग्लोवल आइएमई बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । जनता बैंकलाई मर्ज गरेपछि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतितर्फ संस्थागतमा ८.५० र व्यक्तिगतमा ९.२५ प्रतिशत ब्याज दिने जनाएको छ । यसैगरी बचततर्फ बढिमा ६ र कममा ०.७५ प्रतिशत ब्याज दिनेछ । असोज मसान्तमा बैंकको आधार दर ९.४४ प्रतिशत छ । बैंकबाट ऋण लिँदा सबैभन्दा बढी १५.४४ प्रतिशत छ । हाल बैंकले २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकबाट हायर पर्चेज लोन, शैक्षिक धितो कर्जा, मोटरेज लोन, सेयर धितो कर्जा लिँदा १५.४४ प्रतिशत ब्याज लाग्नेछ । यस्तै, घर कर्जा, अटो कर्जा लिँदा १४.४४ प्रतिशत ब्याज लाग्नेछ ।