काठमाडौ, मंसिर २०
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दे आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिंदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनाैं यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (¥याफटिङ गाइड) लाई उनको साहासीक कार्यको कदर गर्दे १५ हजार रुपैया सहित सम्मान गरेको छ ।
बैंकले आईतबार मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटेबिचमा दुर्घटाना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले सम्मान गरेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दे जाने प्रतिवद्धता जनाएको छ ।