neapl investment mega bank

कोप२५ को औपचारिक सुरूवात

Dec 3rd, 2019

म्याड्रिड, स्पेन, १७ मङ्सिर (रासस/सिन्ह्वा)

संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन (कोप२५) स्पेनको राजधानी म्याड्रिडमा औपचारिक रूपमा सोमबार सुरू भएको छ ।

जलवायु परिवर्तन अन्तरसरकारी समिति (आइपीसीसी)का अध्यक्ष होसुङ लीले जलवायु परिवर्तन र यसका असरबारे सम्बोधनका साथ औपचारिक रूपमा सुरू भएको यस सम्मेलनमा पनि पेरिस सम्मेलनले उठाएका बिषयलाई मुख्य बिषयका रूपमा उठाइने सम्मेलनमा भाग लिन स्पेन पुगेका विश्व नेताहरूले बताएका छन् ।

जलवायु नियन्त्रण प्रयासका लागि भएका वर्तमान् प्रयासले पृथ्वीको तापमान वृद्धिबाट आउनसक्ने भयावह स्थितिलाई सम्वोधन गर्न असम्भव रहेको लीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि हामीले जे गरिरहेका छौँ यसैलाई निरन्तरता दिने हो भने पृथ्वीको तापमान वृद्धिलाई जुनरूपमा नियन्त्रणमा राख्नुपर्ने हो यो सम्भव नभएको र यसले समस्त मानवजगत्ले भयावह स्थितिको सामना गर्नुपर्ने र यसले हाम्रो अस्थित्वमाथि नै खतरा ल्याउनसक्नेछ ।”

“हामीले जलवायु परिवर्तनको समस्यालाई सम्वोधनका लागि प्रशस्त कार्य त गर्न सकेका छैनौँ र यो अवस्थालाई नियन्त्रणमा राख्नका लागि समस्याको निकटसम्म पनि पुग्न सकेका छैनौँ,” आइपीसीसी अध्यक्ष लीले भन्नुभयो ।

सम्मेलनलाई सम्वोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस भन्नुभयो, “विश्वलाई जलवायु परिवर्तनविरूद्धको युद्ध जित्न ऐक्यवद्धता र लचकताको जरूरी छ ।”

महासचिव गुटेर्रेसले भन्नुभयो,“पृथ्वीको बढ्दो तापक्रम नियन्त्रणका लागि खनिज इन्धनको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ ।”

उहाँले थप्नुभयो, “यदि यसो गरिएन भने हामीहरू एउटा प्रलयकारी अवस्थाबाट अन्त्य हुनेछौँ । हाम्रो ९मानवजगत० को अस्तित्व नरहन सक्नेछ ।”

जलवायु नियन्त्रणका लागि पछिल्लो पुस्ताका युवाहरूले गरेको प्रयासलाई प्रशंसा गर्दै उहाँले भन्नुभयो, “युवाहरूले विश्व नेताहरूलाई जलवायु समस्यालाई तत्काल सम्वोधन गर्न घचघचाइरहेका छन् । यो निरन्तर आवश्यक छ ।”

चिलीमा हुनेगरी तय भएको कोप२५ सम्मेलन त्यहाँको सामाजिक तथा राजनीतिक समस्याका कारण स्पेनले आयोजना गरेको हो ।

स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले सम्मेलनका सहभागीहरूलाई स्वागत गर्दै भन्नुभयो, म्याड्रिड जलवायु परिवर्तन समस्याविरूद्धको लडाई लड्ने पहिलो राजधानी शहर हुनेछ । स्पेनी प्रधानमन्त्रीका रूपमा मैले यो प्रतिवद्धता व्यक्त गर्दछु ।

सम्मेलन यही डिसेम्बर १३ सम्म चल्नेछ ।