neapl investment mega bank
  • गृहपृष्ठ
  • तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण,आयशाले जितिन् स्वर्ण

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण,आयशाले जितिन् स्वर्ण

Dec 2nd, 2019

काठमाडौँ, १६ असोज (रासस)

काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पार्नुभएको छ । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

आयशाले जितिन् स्वर्ण

सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जित्नुभएको छ । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जित्नुभएको हो । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो हुनुभयो भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाउनुभएको छ । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।