neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकद्धारा निःसहाय सेवा सदनलाई आर्थिक सहयोग

नेपाल बंगलादेश बैंकद्धारा निःसहाय सेवा सदनलाई आर्थिक सहयोग

Dec 1st, 2019

कााठमाडौ, मंसिर १५

नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, शान्तिनगर, नयाँ बानेश्वर काठमाण्डौ स्थित निस्सहाय सेवा सदनलाई एक लाख रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका निस्सहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो । यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष श्री करुणा गोविन्द श्रेष्ठले जानकारी गराए ।

साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराउनुभयो । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।