बर्दिया, मंसिर १२
बर्दिया जिल्लाका विभिन्न स्थानमा ‘लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत लैंगिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमबुधबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहतका कार्यालय, समुदाय प्रहरी वडा समिति,समुदाय प्रहरी टोल समितिको संयुक्त आयोजना तथा बर्दिया जिल्लामा क्रियाशील महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ-संस्थाहरुको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु,स्थानीय तहका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा प्रतिनिधिहरु,शिक्षक,बिद्यार्थी, समाजसेवी, स्थानीयभद्रभलादमी, नागरिकसमाज, स्थानीय संचारकर्मी, महिलासंजाल लगायतसरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।