neapl investment mega bank
  • गृहपृष्ठ
  • इराकमा सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु

इराकमा सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु

Nov 28th, 2019

नसिरिया, इराक, १२ मङ्सिर (राससरएएफपी)

इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको छ । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विरोध प्रदर्शनको क्रममा केही प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् । यसैबीच, इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेको छ ।इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसङ्ख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिनुभएको थियो ।

इरान सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसद्ले उक्त प्रस्तावलाई अस्वीकृत गरेको थियो ।