neapl investment mega bank
  • गृहपृष्ठ
  • अब व्यावसायीले सजिलै सहुलियतपूर्ण कर्जा पाउछन् : अर्थमन्त्री

अब व्यावसायीले सजिलै सहुलियतपूर्ण कर्जा पाउछन् : अर्थमन्त्री

Nov 27th, 2019

काठमाडौं, ११ मंसिर
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सरकारले युवा उद्यमशिलताम प्रवद्र्धन गर्न ल्याएको सहुलियतपूर्ण कर्जा संवन्धी कार्यविधि अनुरुप कर्जा दिन बैंकहरुलाई आग्रह गरेका छन् । उनले बैंकले कर्जा दिन दिन नमाने आफूले सहयोग गर्ने बताएका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।

उनले कुनै पनि बैंकले युवालाई कर्जा दिन नमाने अर्थमन्त्रालयमा अर्थमन्त्रीको हट मेलमा इमेल गर्न व्यवसायीलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले सरकारले युवाहरूलाई स्वरोजगारका प्रोत्साहन गर्न स्कुलस्तरबाट नै व्यव्सायिक सीप विकास र व्यसायिक शिक्षा सीटीइभीटीका कक्षा सञ्चालित भएको र त्यसमा सरकारले धेरै लगानी गरेको उल्लेख गरे । कर्जा प्रवाह गर्ने सस्थाले उद्यमीको जोखिम वहन गर्ने क्षमताको विकास गर्न तालिम दिनुपर्ने समेत उनको भनाइ छ । यसैगरी कार्यक्रममा बोल्दै कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूले सहुलियतका कर्जा वितरण नगरेको भन्ने आक्षेप सही नभएको तर्क गर्दै कर्जा माग गर्ने युवा नै नआएको दाबी गरे ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएको हुँदा बिना धितो ७ प्रकारका सहुलियतका कर्जादेखि बाहेक पनि नीति तथा कार्यक्रममा उल्लेख भएका सम्पूर्ण कार्यक्रममा वित्तीय सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुुदान सम्वन्धी कार्य्विधीको कार्यन्वनयन गर्दै युवा उद्याशिलता र स्वरोजगारको प्रवद्र्धन गर्न राष्ट्रिय युवा परिषद्ले राष्ट्रिय वाणिज्य बैंक,नेपाल बैंक, कृषि विकास बैंक बीच सम्झौता गरेको छ ।