neapl investment mega bank
  • गृहपृष्ठ
  • बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा पक्राउ

बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा पक्राउ

Nov 27th, 2019

उदयपुर, मंसिर ११

त्रियुगा नगरपालिका ६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा गत भदौ ३ गते राति सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा त्रियुगा नगरपालिका १० बस्ने ३६ वर्षीय सिध्दान्त राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये राईलाई त्रियुगा नगरपालिका १२ बाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।