neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी कमर्सियल भेहिकलद्वारा गुर्जुधारामा सर्भिस सेन्टरको शुरुवात

लक्ष्मी कमर्सियल भेहिकलद्वारा गुर्जुधारामा सर्भिस सेन्टरको शुरुवात

Nov 21st, 2019

काठमाडौ, ५ मंसिर
लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. (पहिले गोल्ड फिश इन्टरनेशनलप्रा.लि.) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ । लक्ष्मी कमरसियल भेहिकलप्रा.लि.लक्ष्मी गु्रपको सहायक कम्पनी हो र अब नेपालको लागि एसएमएल ईसुुजुु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्रीतथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जिएएफआई सर्भिसको नाममा बिहिबार नैकाप गुर्जुधारा काठमाण्डौँ स्थित एसएमएल ईसुजु फ्लागसिप ३ एस सर्भिस सेन्टर संचालनमा ल्याएको हो । उक्त सेवा केन्द्र १,००,००० वर्गफिट क्षेत्रमा बाँधिएको छ । उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पि.डि.आइ. केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्थाले राम्रोसँग सुसज्जित छन । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटाभन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ ।

उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । नयाँ सुरुवात ईसुजु डिजाइनको फिलोसोफीमा आधारित रहेको छ । जसको नाम ग्लोवल सेरिज रहेको छ । नयाँ ट्रक र टिप्पर यस्तो डिजाइनमा तयार परिएको छ, जुन आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । ईसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ जुन नेपाली ग्राहकहरुको चाहना र आवश्यकता अनुरुप अपनाइएको छ । सबै नयाँ सर्वश्रेष्ठ श्रृङ्खला, इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रोविश्वसनियता, अनुकुलमर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ ।

लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस होजसको नाममाविभिन्नकम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिभीजन सुरु ग¥यो । यसले ग्राहकहरुको आवश्यकता पुरा गर्ने उद्देश्यले ३३ वर्ष अघिदेखि हलुका र मध्यम व्यापारिक÷निजी सवारीसाधनहरु उत्पादन वा उत्पादन प्रविधीमामात्र केन्द्रित नभएर संगठन भित्र पनि नयाँ संस्कुती र मुल्य प्रणालीको निर्माण गर्दै आएको छ, जसको कारण कम्पनीलाई विश्वासका साथसाथै अघि बढ्न पनि मद्दत पुगेको जनाएको छ ।