राबात, १ मङ्सिर (रासस/सिन्ह्वा)
उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा आइतबार ५.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।
मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्तिमा उक्त भूकम्प मिडेल्ट प्रान्तमा गएको उल्लेख छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४ किलोमिटर गहिराईमा थियो ।
भूकम्पको धक्का फेस र मेकनेसमा समेत अनुभव गरिएको थियो ।