काठमाडौं, ३० कात्तिक
मेरो माइक्रो फाइनान्स लघुबित्त वित्तीय संस्थाको ७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।शुक्रबार नुवाकोटको बट्टारमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।
सभाले संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट ज्ञानु कृष्ण अधिकारी निर्विरोध निर्वा्चित भएका हुन् । उक्त सभामा विभिन्न १० प्रवद्र्धक बैकका प्रतिनिधि सहभागी थिए । सभामा वित्तीय संस्थाको आ.व २०७५ र ०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे कम्पनीका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको छैटौं वर्षमा संस्थाले ७ अर्ब ४१ करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । साधारणसभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५८ प्रतिशत लाभान्स अनुमोदन गरेको छ ।
हाल चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर पछि चुक्ता पूँजी वृद्धि गरी ८५ करोड ५१ लाख पुग्ने जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले आगामी वर्षमा प्रादेशिक संरचनामा जाने र ७७ जिल्लामै आफ्नो शाखा बिस्तार गर्ने योजना रहेको बताए । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि कार्य गरिरहेको फाइनान्सले हाल १११ शाखा कार्यालयमार्फत ५६ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।