कुवेत सिटी, २८ कात्तिक (रासस/सिन्ह्वा)
कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गर्नु भएको छ ।
कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाउनु भएको छैन ।
सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिनुभएको हो ।
खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन ।