neapl investment mega bank neapl investment mega bank

हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने

Nov 14th, 2019

काठमाडौँ, २८ कात्तिक (रासस)

हिमालयन बैंकले आफ्ना शेयरधनीलाई कूल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।