काठमाडौं, २८ कार्तिक
यस साता सुनको मूल्य बढ्ने क्रम जारी छ । विहीबार नेपाली बजारमा तोलामा ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावला सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकबो छ । बुधबार तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा बिक्री भएको थियो भने बिहीबार १० रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।