neapl investment mega bank

गोर्खाज फाईनान्स २५औं वर्षमा प्रवेश

Nov 12th, 2019

काठमाडौं, २६ कात्तिक 
गोर्खाज फाइनान्स लिमिटेडको २५औँ वार्षिकोत्सव एक कार्यक्रम गरि मनाएको छ । २०५१ साल कार्तिक २४ गते स्थापना भएको फाइनान्स कम्पनीको यो रजत जयन्ती हो । काठमाडौं फाइनान्सको नामवाट २ करोड चुक्ता पूँजीबाट सुरु भएको संस्थाको हाल आएर ८६.७९ करोड चुक्ता पूँजी पुगेको छ । काठमाडांै फाइनान्स र गोर्खा बिकास बैंक एक आपसमा गाभिएर २०७२ साल चैत्र २८ गते गोर्खाज फाइनान्स लिमिटेड भएको कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा फाइनान्सका अध्यक्ष यादव चन्द्र राई ले संस्थागत सामाजीक उत्तर दायीत्व अन्तर्गत सेतिदेवी प्रा.वी लाई सहयोग स्वरुप ५० हजार रुपैयाँ (अक्षरुपी रु पचास हजार मात्र) को चेक हस्तान्तरण गरे । साथै, भिमसेनगोला मा.वि लाई ३५ हजार रुपैयाँ (अक्षरुपी रु पैतिस हजार मात्र) मूल्य बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरे । 

उक्त कार्यक्रममा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङले अब गोर्खाज फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरुमा उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता जनाए । निकट भविष्यमा गोर्खाज फाइनान्सले आफ्नो ब्यवसाय विस्तार गर्न थप शाखा विस्तार गर्ने योजना भएको बताए । 

राष्ट्रिय स्तरको गोर्खाज फाइनान्स लिमिटेडले सातै वटा प्रदेशमा २३ वटा शाखा खोलि आफ्नो ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले आफ्नो ग्राहकहरुलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल तथा इन्टरनेट बैंकिङ, आइ.पि.एस. सेवा, डविट कार्ड, सि–आस्वा जस्ता सेवा सरल रुपले प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।