काठमाडौं, २६ कात्तिक
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही कात्तिक २४ गते कम्पनीका अध्यक्ष प्रेमा सिंहको सभापतित्वमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष सिहले आर्थिक वर्ष २०७४ २०७५ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउँदै सो वर्ष कूल ६४४.७६ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको र २ सय ५ करोड रुपैयाँ कूल दाबी भुक्तानी गरेको एवम् ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बताईन् ।
यसै गरी आ.व.२०७४/०७५को अन्तसम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले बृद्धि भई २०९५ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई २०७५ असार मसान्त सम्ममा २१ अर्ब ४७ करोड रुपैयाँ पुगेको जानकारी दिईन् ।
सभामा अध्यक्ष सिंहले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी तीन अर्ब नाघेको जानकारी दिईन् । कम्पनीले आ.व.२०७४/०७५ को बीमाकीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन् । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्षले सभामा उल्लेख गरिन् ।
लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको बताईन् । ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पु¥याएको अवगत गराईन् ।
साधारण सभाले आ.व. २०७४/०७५ को लागि चुक्ता पूंजीको २.५ प्रतिशत वोनस शेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, वोनस शेयर वापतको कर प्रयोजनको लागि ३९,५७,१५८.५९ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।