neapl investment mega bank neapl investment mega bank

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

Nov 11th, 2019

काठमाडौँ, २५ कात्तिक (रासस)

एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ । 
    
यस्तै कर प्रयोजनका लागि भने नगद लाभांश प्रदान गर्न लागिएको छ । कूल १४ प्रतिशत नगद लाभांश अर्थात रु एक अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वकिृत तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ रहेको छ ।