neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • बाघ र चितुवाको दाँत जस्तो देखिने वस्तु सहित पक्राउ

बाघ र चितुवाको दाँत जस्तो देखिने वस्तु सहित पक्राउ

Nov 11th, 2019

काठमाडौं, कात्तिक २५
काठमाडौं महानगरपालिका ३२ कोटेश्वुरबाट वन्यजन्तु बाघको दाँत जस्तो देखिने वस्तु ११ थान सहित काठमाडौं गोलढुङगा बस्ने नुवाकोट ककनी गाउँपालिका ४ घर भएका २५ वर्षीय सुमन लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वनरबाट खटिएको प्रहरीले बिक्री गर्ने उद्देश्यले लिई हिँडेको अवस्थामा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका १५ हलचोकबाट वन्यजन्तु चितुवाको खप्पड जस्तो देखिने १ थान दाँत सहित नुवाकोट ककनी गाउँपालिका २ घर भएका २३ वर्षीय सत्यम लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त चितुवाको दाँत सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।