neapl investment mega bank
  • गृहपृष्ठ
  • सुन जस्तो देखिने पहेंलो जलप लगाएको धातु सहित पक्राउ

सुन जस्तो देखिने पहेंलो जलप लगाएको धातु सहित पक्राउ

Nov 11th, 2019

काठमाडौं, कात्तिक २५
तार्केश्वर नगरपालिका ५ शेषमती सानोपुल नजिकबाट सुन जस्तो देखिने १ केजी लेखिएको पहेंलो जलप लगाएको फलामे धातु ३ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा रसुवा आङछेदुम गाउँपालिका ५ घर भएका १८ वर्षीय निमा विण्दुक र काठमाडौं पुरानो गुहेश्वारी बस्ने रसुवा कालिकास्थान गाउँपालिका २ घर भएका ३६ वर्षीय पुर्वा स्याङवा रहेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।