अत्तरिया, २४ कात्तिक (रासस)
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले उहाँले दिएको राजीनामा आइतबार नै स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिनुभयो ।
रावलले आइतबार नै मुख्यमन्त्री भट्टलाई राज्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएको जनाइएको छ । कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ ।