काठमाडौं, २४ कात्तिक
नेपाली जनताको घरदैलोमा अनवरतरूपले बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५ औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौंको कमलादीमा संचालनमा ल्याएको छ । आज आईतबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको बैंकले जनाएको छ ।
करिव ५४४२ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । करिव १३ वर्ष अघि कमलादीबाट नै बैंकले बैंकिंग कारोबारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोबारपछि २०७३ सालमा नारायणहिटी पथमा स्थित बैंकको आफ्नै भवनबाट मुख्य कार्यालय तथा दरवारमार्ग शाखा मार्फत बैंकिंग सेवा सुविधा प्रदान गर्दै र हाल उक्त क्षेत्रको बासिन्दा तथा व्यवसायीहरूलाई ए.टि.एममार्फत मात्र सेवा प्रदान गर्दै आएकोमा अब सम्पूर्ण बैंकिंग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा प्रदानगर्ने हेतुले उक्त शाखा संचालनमा ल्याईएको बैंकले जनाएको छ । बैंकको सुरुवाती दौरानमा बैंकले ग्राहकहरुबाट पाएको अपार सहयोगको पुनरावृति हुने कुरामा बैंक विस्वश्त रहेको छ ।
अत्याधुनिक प्रविधियुक्त यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
योर पार्टनरफर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।