काठमाडौँ, २४ कात्तिक
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इबरलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा मड्रिडले इबारलाई उसकै घरेलु मैदानमा ४–० गोलअन्तरले पराजित गरेको हो । रियालको जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोश र फेडरिको भालभेर्डेले एक–एक गोल गरे ।
खेलमा रियल मड्रिडले २९ मिनेटभित्र १२ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । खेलको १७ औं मिनेटमा भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलायका थिए । २० औं मिनेटमा रामोसले गोल गर्दै रियललाई दोब्बर अग्रता बनाए । २९औँ मिनेटमा बेन्जिमाले अर्को गोल गर्दै रियललाई ३–० गोलको अग्रतामा पुर्याए । रियलका लागि चौथो गोल भाल्भेर्टीले खेलको ६१ औं मिनेटमा गरेका थिए ।
रियाल जितसँगै दोस्रो स्थानमा रहेको १२ खेलबाट २५ अंक बनाएको छ ।१५ अंक बनाएको इबर १५ औँ नै स्थानमा छ ।