neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको जित

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको जित

Nov 10th, 2019

काठमाडौँ, २४ कात्तिक 

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा  लियोनेल मेसीले ह्याट्रिक गर्दा बार्सिलोनाले सेल्टा डी भिगोलाई ४-१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल गरेका थिए ।

यता, सेल्टाको लागि भने लुकास ओलजाले एक गोल फर्काएका थिए । खेलमा २३औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता  दिलाएका थिए  ।४२ औं मिनेटमा ओलजाले गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा ल्याए । तर पहिलो हाफको अतिरिक्त समयमा मेस्सीले अर्को गोल गर्दै खेल २–१ गोलको अग्रतामा पुर्‍याए । ४८औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गरेका थिए । मेस्सीले तेस्रो गोल पनि फ्रिकिकमै गरे । ८५औँ मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोना ४–१ गोलले विजयी भएको हो ।

जितसँगै लिगमा बार्साको १२ खेलबाट २५ अंक छ भने २५ अंक नै भएपनि गोल अन्तरका कारण रियल मड्रिड दोश्रो स्थानमा रहेको छ।