neapl investment mega bank neapl investment mega bank

डा.गोविन्द केसी अस्पताल भर्ना

Nov 9th, 2019

अमरगढी, २३ कात्तिक (रासस)

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि  उहाँलाई अस्पताल भर्ना गरिएको छ ।
    
सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गर्नुभएका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताउनुभयो ।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताउनुभयो । डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उहाँले बताउनुभयो । सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थाल्नुभएको हो ।