neapl investment mega bank
  • गृहपृष्ठ
  • सोमबार दुई अर्ब १० करोडको टे«जरी बिल बिक्री हुने

सोमबार दुई अर्ब १० करोडको टे«जरी बिल बिक्री हुने

Nov 8th, 2019

काठमाडौँ, २२ कात्तिक (रासस)

नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिको रु १० करोड र १८२ दिने अवधिको रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिको टे«जरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही कात्तिक १८ गते रु एक अर्ब ६६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।