neapl investment mega bank neapl investment mega bank

आज नेपालले इरानको सामना गर्ने

Nov 8th, 2019

काठमाडौँ, २२ कात्तिक (रासस)

एएफसी १९ वर्षमुनि (यु–१९) च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इरानको सामना गर्दैछ । इरानको तेहरानस्थित पिएएस रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ घरेलु टोली इरानको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार राति ८ बजे शुरु हुनेछ ।

 छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

आज नै हुने अर्को खेलमा युएई र किर्गीस्तान भिड्नेछन् ।  नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा युएई, कीर्गिस्तान र आयोजक इरान छन् ।

 अङ्क तालिकामा तीन अङ्क जोडेको इरान शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै बनाएको युएई गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । यस्तै नेपाल र किर्गीस्तान भने अङ्कविहीन रहँदै तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार किर्गीस्तानको सामना गर्नेछ ।