neapl investment mega bank neapl investment mega bank

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

Nov 6th, 2019

काठमाडौँ, २० कात्तिक(रासस)

धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.४४ बिन्दुले घटेर एक हजार १३८.०२ मा पुगेको छ । मङ्गलबार पनि नेप्से परिसूचक ०.८१ विन्दुले घटेको थियो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४१ विन्दुले घटेर २४९.७१ मा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबारमा पनि गिरावट आएको छ । आज कुल १६० कम्पनीका सात लाख ५० हजार ३३ कित्ता शेयर रु २० करोड ६२ लाख ५३ हजार ८४७ मा खरिदबिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये चार समूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १७.१६ अङ्कले बढ्दा माइक्रोफाइनान्स ४.४७, जीवन बीमा २१.३८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।

यस्तै बैङ्किङ ०.०३, होटल ७.६८, विकास बैङ्क ६.९५, जलविद्युत् ४.०३, फाइनान्स २.६२, निर्जीवन बीमा ४.३८, उत्पादन ७.७६ र अन्य उपसमूहका शेयर ६.८ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु चार करोड ३६ लाख ७५ हजार ९६१ मा खरिदबिक्री भयो । यस्तै नविल बैङ्क रु एक करोड तीन लाख ६७ हजार ५६७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्क लिमिटेड रु ८७ लाख ६१ हजार ४२, एनआइसी एसिया बैङ्क रु ८० लाख ६९ हजार ९८, कृषि विकास बैङ्क रु ६९ लाख ६६ हजार १९२ र नेपाल बैङ्कको शेयर रु ६४ लाख ७२ हजार ५४८ मा खरिदबिक्री भए ।

परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाए । यस्तै नयाँ नेपाल लघुवित्त वित्त विकास बैङ्क ५.७५, सिजर्नी पावर डेभलपमेन्ट ४.१७, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.००, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड ३.९२ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७१ प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैङ्कका शेयरधनीले ४.२८ प्रतिशतले गुमाउँदा युनियन हाइड्रोपावर ३.७०, गुडवील फाइनान्स ३.६४, तिनाउ मिसन डेभलपमेन्ट बैङ्क ३.२८, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.०९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतले गुमाए ।