neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्र बैंकले एक अर्ब ६३ करोड रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले एक अर्ब ६३ करोड रुपैयाँ लगानी गर्ने

Nov 6th, 2019

काठमाडौं, २० कात्तिक 
नेपाल राष्ट्र बैंकले एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा संस्थागत निक्षेपकोरुपमा उक्त रकम लगानी गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा यही मंसिर एक गते देखि २०७७ कात्तिक ३० गतेसम्मको लागि उक्त रकम लगानी गर्न लागिएको हो । सो मध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब ३१ करोड १६ लाख, विकास बैंकहरुको लागि २४ करोड ५९ लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड १९ लाख रुपैयाँ छुट्याएको छ । 

रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले आप्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत उल्लेख गरी यही कात्तिक २२ गते अपरान्ह दुई बजेसम्म आवेदन दिनुु पर्ने छ । यसको लागि बैंक सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुनुपर्ने, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।