neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्रीनलाइफ हाइड्रोपावरले साधारण शेयर बिक्री गर्ने

ग्रीनलाइफ हाइड्रोपावरले साधारण शेयर बिक्री गर्ने

Nov 6th, 2019

काठमाडौँ, २० कात्तिक (रासस)

धितोपत्र बजारमा अधिकांश जलविद्युत् कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपारले साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने नियम बनाएको छ । रेटिङ कम्पनीले गर्ने विश्लेषणअनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिकरुपमा कमजोर मानिन्छ । केयर नेपालले गरेको रेटिङमा सो कम्पनीको शेयरले ‘केयर नेपाल आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । त्यो भनेको औसत अवस्था भन्ने हो ।

ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार कम्पनीले कूल रु ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी छ ।

कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत रु छ अर्ब ८८ करोड रहेको छ ।