neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता २०१९ सञ्चालन हुुने

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता २०१९ सञ्चालन हुुने

Nov 5th, 2019

काठमाडौ, कात्तिक १९
लक्ष्मी बैंकले ग्ले निगलमा डिजाइन गरीएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९”आगामी शनिबार, ९ नोभेम्बर २०१९ मा आयोजना हुुने भएको छ । यो प्रतियोगिता बैंकले २०१४ देखी गर्दै आएको बार्षिक प्रतियोगिताको छटा्रैँ संस्करण भएको र जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको बैंकले जानकार दिएको छ ।  

बैंकका अनुसार यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३÷४ ह्यान्डि क्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।  पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ । यसबाहेक, १० औं होलमा होल(इन(वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने छ । 

बैंकले हाल आफ्ना शाखा एवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।