काठमाडौ, कात्तिक १८
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्वनमा परेकाछन । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा सोमबार बसेको बैंठकले श्रेष्ठमाथि लागेको अनियमितताको अभियोग उपर छानविन समिती गठन गरेसंगै श्रेष्ठ निलम्वनमा परेका हुन् ।
समितिमा राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल, रामजी रेग्मी र डा. सुवोध कुमार कर्ण रहेका छन् । समितीले एक महिनाभित्रमा डेपुटी गर्भनर श्रेष्ठमाथि लागेको अनियमितताको बारेमा छानबिन गरी समितीले प्रतिवेदन बुझाउने राष्ट्र बैंक श्रोतले जानकारी दिएको छ । श्रेष्ठमाथि बैंक तथा फाईनान्स कम्पनीहरुलाई खराव कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतमा मुद्धा परेको एनसेलको पक्षमा उभिएको लगायतका अभियोगहरु रहेको छ ।