काठमाडौं १७ कार्तिक
प्रधानमन्त्री केपी ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरेर फर्केलगत्तै मन्त्रिपरिषद् बैठक शुरु भएको छ । १२ बजे बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आफैनै निवास बालुवाटारमा बोलाएको वताइएको छ ।
यसअघि प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएर हेमोडायलासिस गरेर फर्किएका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक उपचार भैसेको छ । त्यसपछि उनले निवासमै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।