neapl investment mega bank
  • गृहपृष्ठ
  • खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Nov 3rd, 2019

सर्लाही, कात्तिक १
कबिलासी नगरपालिका ८ बस्ने २७ वर्षीय जय कुमार साहलाई शनिबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सलेमपुर बस्ने २१ वर्षीय दिपेश यादबलाई प्रहरीले पक्राउ गरेको छ । 

दिपेश र सोही ठाउँ बस्ने २० वर्षीय पप्पु भन्ने राकेश यादब र २३ वर्षीय रितेस यादबको पुरानो रिसीइबीको बिषयलाई लिएर जय कुमारसँग  झगडा हुँदा खुकुरी प्रहार गरेपछि जय कुमार घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले दिपेशलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जय कुमारलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवातर्फ पठाइएको छ । घटनामा संलग्न हाल फरार राकेश र रितेसको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।