काठमाडौ, कात्तिक १७
नेपाल बैक लिमिटेडको हालैको निर्णयानुसार कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीलाई बैकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारी समेतको जिम्मेवारी तोकिएको छ ।
वि.सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेकाछन । बैंकका अनुुसार यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।