neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • रियल बेटिससँग म्याड्रिडको बराबरी :स्पेनिस ला लिगा

रियल बेटिससँग म्याड्रिडको बराबरी :स्पेनिस ला लिगा

Nov 3rd, 2019

काठमाडौँ, १७ कात्तिक 

स्पेनिस ला लिगामा रियल म्याड्रिडले बराबरी खेलेको छ। शनिबार राति आफ्नै घरेलु मैदानमा रियल मड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो । 

घरेलु मैदानमा भएको खेलमा म्याड्रिडका इडेन हजार्डले गोल गरे पनि रेफ्रीले मान्यता दिएन।उनले खेलको आठौं मिनेटमा गोल गर्दा रेफ्रीले भिएआरको सहाएताबाट गोललाई मान्यता दिएन्न।

यो नतिजासँगै रियलले लिग लिडर बार्सिलोनासँगको अंक बराबरी बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ११ खेलबाट २२ अंक रहँदा समान ११ नै खेलबाट रियल मड्रिडको पनि २२ अंक नै छ । तर गोलअन्तरमा रियल पछि छ । रियल बेटिस भने लिगको १४औं स्थानमा छ ।