neapl investment mega bank neapl investment mega bank

कृष्णनगर घटनाको आरोपी साह पक्राउ

Nov 2nd, 2019

कपिलवस्तु, १६ कात्तिक (रासस)

लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल साहलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ ।

कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा ल्याइएको छ । बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको ज्यान गएको थियो ।

अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो । दुवै पक्षबीच सहमति जुटेपछि शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटेको छ भने कृष्णनगर पूर्ववत् अवस्थामा फर्किएको छ ।