neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य

छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य

Nov 2nd, 2019

सप्तरी, १६ कात्तिक (रासस)

–नानीमैया कटवाल

सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा आज साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठपर्वका अवसरमा आज राजधानीसहित तराईका सम्पूर्ण जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अघ्र्य दिएका हुन् ।

यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेका छन् । सूर्यलाई जल, दूध, केरा, उखु, नरिवल, अदुवा, ठेकुवा, भुसुवा आदि सामग्रीसहितको प्रसाद (अघ्र्य) चढाइएको हो ।

तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकको रुपमा लिन थालिएको छ । नेपालमा मिथिलाको महान् पर्व छठप्रति नेपालीहरुको दिनप्रतिदिन आर्कषण बढ्दै गइरहेको छ । व्रत कठोर भए पनि आपूmले इच्छाइएको मनोकामना पूरा हुने भएकाले तराईमा मात्र मनाइने छठपर्व अब राजधानीसहित पहाडतिर पनि मनाइने गरिएको छ ।

सद्भाव र प्रेम तथा आस्थाको पर्व छठ कुनै जाति विशेषको नभएकाले यो पर्व मधेश, पहाड, मुस्लिम सबै जाति, वर्ग र समुदायका व्यक्तिले प्रत्यक्ष वा परोक्ष तरिकाले मनाउने गरेको राजविराजकी सुनीता यादव बताउनुहुन्छ

चार दिवसीय छठपर्वमा शुद्धता र पवित्रतालाई विशेष ध्यानमा राखिन्छ । छठ पर्व गर्दा परिवारको सुख, समृद्धि, सुस्वस्थ्य, सन्तान प्राप्ति, रोगमुक्ति तथा अन्य मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । शिव र शक्तिको संयुक्त पूजा हुने छठपर्वमा सबै मनोकामना पूरा हुने क्षमता भए पनि खासगरी पुत्रलाभ र असाध्य रोगहरुबाट छुटकारा पाउने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । छठपर्व पौराणिककालदेखि नै चलिआएको धार्मिक परम्परा हो ।

षष्ठी तिथिमा माता दुर्गाले दर्शन दिई मनोकामना पूरा गरेको हुनाले षष्ठी माता भनिएको हो । संस्कृत शब्द ‘षष्ठी’ लाई तराईमा स्थानीय लवजअनुसार छठी, छठ र छैठ भन्ने गरिएको हो । यो पर्वमा ऊर्जाको स्रोत मानिने सूर्यको सन्ध्या र बिहानी रूपको पूजा गरिन्छ । अर्धनारिश्वरको रुपमा सूर्य भगवान्लाई शिव र शक्ति दुवैको प्रत्यक्ष उदाहरणको रुपमा लिई छठपर्वमा सूर्य पूजाको शुरुआत भएको धार्मिक परम्परा रहिआएको पण्डित रत्नेश्वर झाले बताउनुभयो ।

शरद ऋतुको आगमनसँगै शुरु हुने छठपर्वले हाम्रो दैनिक जीवनमा सूर्यको महत्वलाई समेत दर्शाएको छ । सूर्य स्नान र सूर्यको किरणमा छालालगायतका रोग नियन्त्रण तथा निवारण क्षमताजस्ता वैज्ञानिक तथ्यहरुसमेत भेटिएकाले धार्मिक एवं वैज्ञानिक सङ्गमको रुपमा छठपर्वलाई लिइने गरिएको छ ।

यस पर्वमा सूर्यको अर्चना एवं आराधना र पूजाआजा गरिएता पनि यसको लोकप्रियता एवं व्यापकता ‘छठ परमेश्वरी’ वा छठ माताको पूजाको रुपमा प्रचलित रहेको छ । वेदमा उल्लेख भएअनुसार उषालाई छठ परमेश्वरीको साक्षात्रूपमा पूजाआजा गर्ने मान्यता रहेको छ ।

पर्वको चौथो दिन (अन्तिम दिन) आइतबार बिहान उषाकालमा पारन गर्न व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी आज साँझ गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गर्छन्