neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको एक साथ चार नयाँ शाखा सञ्चालनमा

सिद्धार्थ बैंकको एक साथ चार नयाँ शाखा सञ्चालनमा

Nov 1st, 2019

काठमाडौं, १५ कात्तिक 
सिद्धार्थ बैंकले एकैसाथ चार वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

ती शाखा मार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको छ । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।

बैंकको हालको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ७६ लाख चार हजार पाँच सय ४० रहेको छ भने २०७६ आश्विन मसान्त सम्ममा बैंकले एक खर्ब २४ अर्ब निक्षेप संकलन र एक खर्ब १३ अर्ब  रुपैयाँ कर्जा लगानी गरेको छ ।

उक्त शाखा विस्तार पश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ७१ (चार वटा एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । यसका साथै बैंकले एक सय एक वटा शाखारहित बैंकिङ्ग सेवा, एक सय ८७ वटा एटिएम काउन्टर र १६ सय भन्द्या बढी पस मेसिन मार्फत उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको बैंकले जनाएको छ ।