neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • मझौला उद्योग कर्जामा औषतमा एक प्रतिसत सेवा शुल्क, कर्जा लिनको लागि प्रकृया सुरु गरेपश्चात झण्डै ३८ कार्य दिन लाग्ने 

मझौला उद्योग कर्जामा औषतमा एक प्रतिसत सेवा शुल्क, कर्जा लिनको लागि प्रकृया सुरु गरेपश्चात झण्डै ३८ कार्य दिन लाग्ने 

Oct 30th, 2019

काठमाडौं, १३ कार्त्तिक
साना तथा मझौला उद्योगमा प्रवाह भएकोे कर्जामा औषमा एक प्रतिसत सेवा शुल्क लाग्ने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको साना तथा मझौला उद्योगमा वित्तीय श्रोत परिचालन सम्वन्धी प्रतिवेदन अनुसार साना उद्योग क्षेत्रमा प्रवाह भएको कर्जाको औषत आधार व्याजदर भने १२ दशमलव ५१ प्रतिशत रहेको छ । 

प्रतिवेदन अनुसार कर्जा प्रक्रियाको लागि औसतमा ३८ दिन लाग्ने गरेको देखिएको छ । साथै ८५ प्रतिशत भन्दा बढी उद्योगले साना तथा मझौला उद्योग कर्जाको लागि घरजग्गा धितोको रुपमा प्रयोग गरेको देखिन्छ । अधिकांश साना उद्योगीहरुलाई साना तथा मझौला उद्यममा पुनरकर्जा’ कार्यक्रम बारे जानकारी नभएको सर्वेक्षणबाट प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार साना तथा मझौला उद्योगहीहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्दा झन्झटिलो प्रक्रिया प्रमुख समस्या रहेको सर्वेक्षणबाट उल्लेख छ ।

नेपालमा साना उद्योगीहरुले पैतृक सम्पत्तिबाट ३३ प्रतिशत, आफ्नै वचतबाट २६ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको कर्जाबाट १६ प्रतिशत, अनौपचारिक कर्जाबाट आठ प्रतिशत, विप्रेषण आयबाट सात प्रतिशत, सहकारी संस्था कर्जाबाट छ प्रतिशत र भेञ्चर क्यापिटलबाट शुन्य दसमलव सात प्रतिशत सुरुवाती लगानी जुटाउने गरेको देखिएको छ । पुँजी बजारबाट हालसम्म साना उद्योगीहरुले सुरुवाती लगानी जुटाउने गरिएको देखिदैन ।

प्रतिवेदन अनुसार नेपालमा करिब ५० प्रतिशत साना उद्योगीहरुले लेबैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिन्छ र सो मध्ये झन्डै ८५ प्रतिशत कर्जा वाणिज्य बैंकबाट प्रवाह भएको देखिन्छ । करिब दुई तिहाई साना उद्योगीहरुले छोटो अवधिको कर्जा प्रयोग गरेको देखिन्छ । तर अधिकांशको आवश्यकता भने मध्यम तथा लामो अवधिको कर्जा रहेको देखिन्छ ।