neapl investment mega bank
  • गृहपृष्ठ
  • सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

Oct 30th, 2019

सप्तरी, १३ कात्तिक (रासस)

जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो । 

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र  १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।