neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पुष्प माला र गुच्छा काठमाडौँमा खपत

Oct 28th, 2019

हेटौँडा, ११ कात्तिक (रासस)

मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत भइरहेको छ ।

ती फूलका माला र गुच्छा क्रमशः रु ८० देखि रु १३५ सम्म बिक्री वितरण भइरहेको इन्द्र सरोवर गाउँपालिका–७ सल्लेरी निवासी अगुवा कृषक शुक्रराज लामाले बताउनुभयो । जिल्लाको साविक चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, इपापञ्चकन्या, दामन, पालुङ र भीमफेदी गाउँपालिकासमेतका  एक हजार २३४ कृषकले पुष्पखेती गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ ।

ती कृषकरुले उत्पादन गरेका पुष्प माला र गुच्छा चितवनको भरतपुर, नारायणगढ तथा मकवानपुरको हेटौँडा, मनहरी, लोथरमा खपत भएको र स्थानीय व्यापारीले काठमाडौँ, ललितपुर, चितवन र हेटौँडामा समेत गरी रु ७० लाख ५० हजार मूल्य बराबरको पुष्प माला र गुच्छा बिक्री गरेको थाहा नगरपालिका–५ का  कृषक हरिकृष्ण कार्कीले बताउनुभयो ।

मकवानपुरमा मौसमी तरकारीखेतीका साथै उन्नत पुष्पखेतीबाट कृषक नियमित आर्थिक आत्मनिर्भर बन्दै गएको र ती क्षेत्रमा आधुनिक प्रविधिबाट पुष्प र तरकारी उत्पादनका लागि प्याकेज कार्यक्रम यसै आर्थिक वर्षदेखि लागू गरिने नगरप्रमुख लवशेर विष्टले बताउनुभयो । 

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi