neapl investment mega bank
  • गृहपृष्ठ
  • एमबाप्पेको ह्याट्रिकसँगै पीएसजीको जित

एमबाप्पेको ह्याट्रिकसँगै पीएसजीको जित

Oct 23rd, 2019

काठमाडौं, ६ कात्तिक

पेरिस सेन्ट जर्मेन(पिएसजी)ले बेल्जियन क्लब ब्रगमाथि ५-० को फराकिलो जित हासिल गरेको छ। मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियम क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

क्लब ब्रुगिसको घरेलु मैदानमा भएको खेलमा पीएजीलाई जित दिलाउन केलियन एम्बाप्पेले  ह्याट्रिक गरेका थिए ।यसैगरी मोउरो इकार्डीले २ गोल गरेका थिए। दोस्रो हाफमा मैदान आएका एम्बाप्पेले ह्याट्रिक गर्न सफल भएका हुन् ।  

खेलमा ५ गोलमा पिएसजीले १ गोल पहिलो हाफमा गरेको हो भने बाँकी चार गोल खेलको दोश्रो हाफमा गरेको हो। खेलमा पिएसजीले सातौं मिनेटमा मोउरो इकार्डीको गोलमा अग्रता लिएको थियो।

खेलको  ६१ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६३औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा एमबाप्पेले डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो तथ ८३औं मिनेटमा डि मारियाकै पासमा अर्को गोल थप्दै एमबाप्पेले ह्याट्रिक पूरा पूरा गरे ।

ह्याट्रिकसँगै ब्रग ५-० को फराकिलो अन्तरले पराजित भयो। यो जितसँगै समूह ‘ए’को खेलमा पीएसजीले तीन खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रुगिस २ अंकसहित तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा रियल म्याड्रिडले गालाटासारेलाई १–० गोलले हराएको छ ।