neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीद्वारा राष्ट्रिय किर्तिमान

विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीद्वारा राष्ट्रिय किर्तिमान

Oct 23rd, 2019

काठमाडौं, ६ कात्तिक

मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको ४०० मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्‍न सफल भएकी छिन् ।

उनले उक्त दुरी ५९.५७ सकेण्डमा पुरा गरी यस अघिको ५९.९० सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् । खत्रीले ९ वर्ष अगाडी सन् २०१० प्रमिला रिजालले राखेको रेकर्ड तोडेकी हुन्। उक्त दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।

यसै गरी हिजो नै संचालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६ सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार  गरेकि छिन् । यस दौडमा २६ देशका खेलाडीहरुले भाग लिएका थिए ।

उक्त प्रतियोगितामा  दौड सहित विच भलिबल, आर्चरी र महिला वक्सिङ्ग गरी ४ खेल सम्पन्न भएको छ ।