neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त

Oct 20th, 2019

काठमाडौं, ३ कार्त्तिक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७६ साल कार्त्तिक १ गते बसेको संचालक समितिको ३१६ औं बैठकले  राजेन्द्र लाल श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव २० वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठले स्थापनाकाल देखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्य सम्पादन गर्दे आएका छन् ।  शाखा संचालन, ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्ष्ता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्यरत कार्यरत रहेका छन् । 

बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको बैंकले जनाएको छ । 

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi