गुल्मी, ३० असोज
धुर्कोट गाउँपालिका-२ पिपलधारा बस्ने २० वर्षीय निरन्जन महतलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धुर्कोट गाउँपालिका-३ हाड्हाडे बस्ने ३४ वर्षीय गोकर्ण खत्री र उनकै भाइ पदम खत्री रहेका छन् । धुर्कोट गाउँपालिका-३ हाड्हाडेमा भलिबल खेल हेरी फर्कने क्रममा चोरी गरेको विषयमा उनीहरुले महतलाई खुकुरी प्रहार गरेका बताइएको छ । घाइते महतको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।