neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • कुमारी बैंक र नेपाल ग्यास ईन्डष्ट्रीजबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास ईन्डष्ट्रीजबीच सहकार्य

Oct 17th, 2019

काठमाडौं, ३० असोज 
कुमारी बैंक लिमिटेड र एलपी ग्यास आयातकर्ता एवम् विक्रेता कम्पनी, नेपाल ग्यास ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ । सो सहकार्य पश्चात् नेपाल ग्यासका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्ने बैंकले जनाएको छ । 

सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्यास ईन्डष्ट्रीजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरेका हुन् । उक्त सहकार्य पश्चात् नेपाल ग्यासका आधिकारिक विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । सो पश्चात् कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्यास खरिदको भुक्तानीमा ५० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

ग्यास सिलिन्डर खरिद विक्रीको भुक्तानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागु हुनेछ । यसैगरी, कुमारी बैंकले नेपाल ग्याँसका वितरकहरूलाई क्यू आर पेमेन्ट प्रणाली लगायत बचतको बानी तथा बैंक खाता सञ्चालन सम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यास ब्याक सुविधा सम्झौता यहि कार्तिक १ गते देखि लागु हुने बैंकले जनाएको छ ।

आफूलाई समसामयिक प्रविधिको अग्रणी तथा द्रुत अनुकरण गर्न सफल कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९४ एटिएम्, तीन वटा एक्सटेन्सन काउन्टर तथा आठ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदैं आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।