neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान हष्पिटलका पाँच जना पक्राउ

नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान हष्पिटलका पाँच जना पक्राउ

Oct 17th, 2019

काठमाडौं, ३० असोज 
नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको अभियोगमा ललितपुरको पुल्चोकमा रहेको निदान हष्पिटलका पाँच जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरोले नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको अभियोगमा हष्पिटलका प्रमुख कार्यकारी सहित पाँच जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा शकंरलाल लामा, बिपेन्द प्रधान, कुमुद कुुमार भट्टराई, डा. राजेश पन्त र रामचन्द्र आले रहेका छन् । सो मध्ये लामा मृगौला ग्रहण गरेको व्यक्ति,  प्रधान निदान हष्पिटलका प्रमुख कार्यकारी अधिकृत भएको ब्युरोले जनाएको छ । यसैगरी पन्त निदान हष्पिटल कै डाक्टर र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रहेको ब्युरोको भनाई छ । 

बुधबार पक्राउ परेको यि पाँचै जना उपर मानव बेचबिखन तथा ओसार पसार ऐन २०६४ अनुसार अनुसन्धान र कारवाही हुने ब्युरोले जनाएको छ ।